आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि. ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रममा ५० भन्दा बढी शेयर सदस्य तथा स्थानीय युवाहरूले रक्तदान गरेका थिए।
रक्तदान नै जीवनदान हो भन्ने भावनाका साथ आयोजना गरिएको यस कार्यक्रममा रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका अध्यक्षले आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक विवरणहरू अनिवार्य छन् *